२०८३ जेष्ठ २९ गते , शुक्रबार
भद्रपुरमा भन्सार छली गरी ल्याइएको एसियन पेन्ट्स बरामद
भद्रपुर । झापाको भद्रपुरमा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएको रंग बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान करिब साढे १० बजे भद्रपुर नगरपालिका–५ राई बस्ती क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको एसियन पेन्ट्स (वुड प्राइमर) बरामद गरेको हो।
प्रहरीका अनुसार १ लिटरका १२ पिस र ४ लिटरका २ पिस गरी जम्मा २० लिटर रंग बरामद गरिएको छ। उक्त रंगको अनुमानित मूल्य १० हजार १३२ रुपैयाँ रहेको बताइएको छ। बरामद गरिएको रंगलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–पैठारी नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडा बनाएको छ।