२०८३ जेष्ठ २४ गते , आईतबार
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
सर्लाही । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए ।
त्यसबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पु-याएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पु-याएकामा बालकको आज बिहान मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।