२०८३ जेष्ठ १४ गते , विहीबार

मोटरसाइकल दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

sajilo news
पाँचथर
२०८३ जेष्ठ १४ गते , विहीबार
मोटरसाइकल दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

पाँचथरको फिदिम नगरपालिका-७ स्थित मान्द्रे भीरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति १० बजे पौवाभन्ज्याङ ईथुङ तमाखे अन्तरगत पर्ने भित्री सडक खण्डमा ईथुङबाट तमाखेतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा चालक फिदिम-८ बस्ने ३२ वर्षीय दिपेन गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार