२०८३ जेष्ठ १४ गते , विहीबार
बिर्तामोडमा खुकुरी प्रहार, आमा-छोरी घाइते
बिर्तामोड । झापाको बिर्तामोडमा खुकुरी प्रहार हुँदा आमाछोरी घाइते भएकी छिन् । आज बिहान करिब १०ः३० बजे बिर्तामोड नगरपालिका–१ वरपीपल निवासी ३६ वर्षीय बुद्धिलाल मुर्मुले घरायसी विवादका क्रममा आफ्नी श्रीमती ३५ वर्षीया मला मर्डी र १५ वर्षीया छोरी विनीता मर्डीमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट आमा छोरी घाइते भएको प्रहरीले जनाएको छ। घाइते आमा–छोरीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका बुद्धिलालको खोजी कार्य भइरहेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट प्रयोग गरिएको खुकुरी बरामद गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।