२०८३ जेष्ठ १४ गते , विहीबार

गौरादहमा स्कुल बसको ठक्करबाट ४ वर्षीय छात्रको मृत्यु

sajilo news
झापा
२०८३ जेष्ठ १३ गते , बुधबार
गौरादहमा स्कुल बसको ठक्करबाट ४ वर्षीय छात्रको मृत्यु

झापाको गौरादहमा आफ्नै स्कुलको बसले किच्दा एक विद्यार्थीको मृत्यु भएको छ । आज साँझ करिब ५ बजे गौरादह नगरपालिका–७ फगेटीस्थित सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही स्कुलमा अध्ययनरत ४ वर्षीय आरोग्य चिमरियालाई घर छाड्ने क्रममा किचेको हो ।

खड्ग चिमरियाका छोरा रहेका आरोग्यलाई बसबाट ओराल्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बालकको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त बस र चालक गौरादह–७ कै ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार