२०८३ जेष्ठ ७ गते , विहीबार

मेचीनगरमा फेला परेको जंगली गोरु बचाउन सकिएन

sajilo news
झापा
२०८३ जेष्ठ ६ गते , बुधबार
मेचीनगरमा फेला परेको जंगली गोरु बचाउन सकिएन

मेचीनगरमा घाइते अवस्थामा फेला परेको जंगली प्रजातिको गोरुलाई बचाउन सकिएन । आज बिहान ७ः३० बजे मेचीनगर नगरपालिका– ६ भट्टराई चोकस्थित नेहा बेकरी अगाडी घाइते अवस्थामा जंगली गौर प्रजातिको साँढे गोरु फेला परेको थियो ।

स्थानीयले फेला पारी इलाका प्रहरी कार्यालय काँकडभिट्टा हुँदै डिभिजन वन कार्यालय झापालाई जानकारी गराएका थिए । सो घाइते गोरुको बिहान ८:३० बजे मृत्यु भएको हो । सब डिभिजन वन कार्यालय धाइजनको टोली आई मृत साँढे गोरुलाई सतगतको लागि लिएर गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार