२०८३ जेष्ठ ३ गते , आईतबार

वैदेशिक रोजगारीका लागि गएका भद्रपुरका आचार्य बाकसमा फर्किए

sajilo news
झापा
२०८३ जेष्ठ ३ गते , आईतबार
वैदेशिक रोजगारीका लागि गएका भद्रपुरका आचार्य बाकसमा फर्किए

भद्रपुर । भद्रपुर नगरपालिका–१ हिमाली निवासी गोविन्द आचार्यको संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भएको छ । आचार्य वैदेशिक रोजगारीका लागि युएई गएका थिए ।

उनको त्यही मृत्यु भएको परिवारजनले जनाएको छ । आचार्यको मृत्युको खबरले स्थानीयवासी, आफन्त तथा शुभेच्छुकहरू शोकमा डुबेका छन् । उनी अत्यन्त शालीन, मिलनसार तथा सबैका प्रिय व्यक्तिका रूपमा परिचित रहेको स्थानीयवासी बताउँछन् । पारिवारिक स्रोतका अनुसार आचार्यको शव नेपाल ल्याइएपछि आज  देउनियाँ घाटमा अन्त्येष्टि गरिँदैछ । 

सम्बन्धित समाचार