२०८३ बैशाख ३० गते , बुधबार

भद्रपुरमा डुबेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८३ बैशाख ३० गते , बुधबार
भद्रपुरमा डुबेर एकजनाको मृत्यु

झापाको भद्रपुरमा डुबेर एकजनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-८ दुखाबस्तीमा घरछेउको पैनीमा डुबेर ३५ वर्षीय बुद्धिम किस्कुको मृत्यु भएको हो । आज बिहान ८ बजे पानीमा डुबिरहेको मृत अबस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । मादक पदार्थ सेवन गर्ने गरेका किस्कू मातेर पैनीमा लडेपछि उठ्न नसकी मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार