२०८३ बैशाख ३० गते , बुधबार
अर्घाखाँचीमा भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु
अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सँख्या पाँच पुगेको छ। हिजो राति थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार पर्वतको मोदी गाउँपालिका–५ का देव बहादुर अखेलीको उपचारका क्रममा मृत्यु भएको हो।
त्यसअघि हिजै सोही ठाउँका ५० वर्षीया कौशिला रेग्मी र ४५ वर्षीय चालह रमेश जिसी तथा पोखरा १९ की ७८ वर्षीया राममाया बस्नेत र ७८ वर्षीया विन्दु कुँवरको मृत्यु भएको थियो।
घाइते २६ जनामध्ये चारजना डिस्चार्ज भइसकेका छन्। एकजना महिलाबाहेक सबै यात्रु खतरामुक्त छन्। घाइतेहरुको तानसेन र अर्घाखाँचीका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको ध १ ख ५०४ नम्बरको बस हिजो दिउँसो पाणिनी गाउँपालिका–८ कोल्डाँडा स्थित घुम्ती–पाल्पा सडकखण्डमा दुर्घटना भएको थियो।