२०८३ बैशाख २३ गते , बुधबार

भद्रपुरमा ‘श्रम संसार’ अभिमुखीकरण : स्थानीय रोजगारी सृजनातर्फ नगरपालिकाको जोड

sajilo news
झापा
२०८३ बैशाख २२ गते , मंगलबार
भद्रपुरमा ‘श्रम संसार’ अभिमुखीकरण : स्थानीय रोजगारी सृजनातर्फ नगरपालिकाको जोड

भद्रपुर । भद्रपुर नगरपालिकाले बेरोजगार युवायुवतीलाई सूचीकृत गर्दै उनीहरूलाई सीप, सूचना र अवसरमा जोडाउने उद्देश्यले ‘श्रम संसार’ कार्यक्रम अघि सारेको छ । सोही कार्यक्रम अन्तरगत नगरपालिकाले आज वडा नम्बर १ देखि ७ सम्मका सूचीकृत करिब १८० जना बेरोजगार युवायुवतीलाई श्रम संसार’ सम्बन्धी अभिमुखीकरण दिइएको छ ।  नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम नगरभित्रका बेरोजगार युवायुवतीलाई सो अभिमुखीकरण कार्यक्रममा 

नेपाल सरकारद्वारा सञ्चालनमा रहेको  ‘श्रम संसार प्रणाली’ मार्फत आन्तरिक तथा वैदेशिक रोजगारीका अवसरहरू खोज्ने तरिका बारे विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रममा रोजगार संयोजक टीकाराम पाण्डेले सहजीकरण गर्दै डिजिटल प्लेटफर्ममार्फत रोजगारी खोजी गर्ने सीप, श्रम बजारको अवस्था तथा उपलब्ध अवसरहरूको उपयोगबारे प्रशिक्षण दिएका थिए । उनले बदलिँदो समयसँगै डिजिटल साक्षरता र सीप अभिवृद्धिको आवश्यकता झन् महत्त्वपूर्ण बन्दै गएको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पोखरेलले युवाहरूलाई स्वदेशमै सीप विकास गरी उद्यमशीलता र रोजगारीमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिएका छन्। स्थानीय तहबाटै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर र समृद्ध नगर निर्माण गर्ने लक्ष्यमा नगरपालिका दृढ रहेको उनको भनाइ थियो।

त्यसैगरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिषा श्रेष्ठले युवाहरूको क्षमता विकास, सीप अभिवृद्धि तथा रोजगारी सृजनामा नगरपालिका निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्। नगरपालिकाले सञ्चालन गरेको यस्ता कार्यक्रमले बेरोजगार युवाहरूलाई रोजगारी खोजी, सीप विकास र आत्मनिर्भर बन्ने दिशामा अभिमुख गराएको सहभागीहरूले बताएका छन्।

सम्बन्धित समाचार