२०८३ जेष्ठ १६ गते , शनिबार

रतुवा खोला शव प्रकरण : प्रहरीले सार्वजनिक गर्‍यो महिलाको पहिचानका लागि बायाँ हातमा रहेको ट्याटुको फोटो

sajilo news
झापा
२०८३ जेष्ठ १६ गते , शनिबार
रतुवा खोला शव प्रकरण : प्रहरीले सार्वजनिक गर्‍यो महिलाको पहिचानका लागि बायाँ हातमा रहेको ट्याटुको फोटो

झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र फेला परेकी एक महिलाको शवको हालसम्म पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय झापाले मृतकको बायाँ हातमा रहेको ट्याटुको एउटा फोटो सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार आज बिहान ११ बजेको समयमा सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा सेतो प्लास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा एक महिलाको शव फेला परेको हो । २ ३ देखि पानी रही ढाडिएको, रातो भेष्ट, जिन्स पेन्ट लगाएको अन्दाजी ३० ३२ वर्षको देखिने महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएको हो ।  प्रारम्भिक अनुसन्धानका क्रममा शवको पहिचान खुल्न नसकेपछि प्रहरीले मृतकको बायाँ हातमा रहेको ट्याटुको एउटा फोटो सार्वजनिक गर्दै सनाखतका लागि सहयोग गर्न अनुरोध गरेको छ।

मृतक महिलालाई चिन्ने अभिभावक, आफन्त, साथीभाइ वा अन्य कसैले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गरी जानकारी गराइदिन प्रहरीले आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सम्बन्धित समाचार