२०८३ जेष्ठ १६ गते , शनिबार

बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा एक महिलाको शव फेला

sajilo news
झापा
२०८३ जेष्ठ १६ गते , शनिबार
बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा एक महिलाको शव फेला

झापाको दमकमा बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि एक महिलाको शव फेला परेको हो ।

बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा  आज बिहान साढे १० बजे शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

'शव गन्हाएको अवस्था भेटिएको हो, अन्दाजी २०–२२ वर्षकी जस्तो देखिने महिलाको पहिचान खुलेको छैन,' डीएसपी खड्काले भने, 'घटनाको अनुसन्धानका लागि जिल्लाबाटै एउटा टिम घटनास्थल पठाएका छौँ ।' 'अनुसन्धानपछि मात्र हत्या हो,' होइन भन्न मिल्छ, उनले थपे । 

 

सम्बन्धित समाचार