२०८३ बैशाख २३ गते , बुधबार

युएईमा इरानले आक्रमण गरेलगत्तै होर्मुजमा अमेरिकी कारबाही

sajilo news
एजेन्सी
२०८३ बैशाख २२ गते , मंगलबार
युएईमा इरानले आक्रमण गरेलगत्तै होर्मुजमा अमेरिकी कारबाही

इरानले संयुक्त अरब इमिरेट्समा शक्तिशाली आक्रमण गरेसँगै पश्चिम एसियाको तनाव पुनः चर्किन थालेको छ।  हिजो इरानले युएईका विभिन्न ठाउँमा कयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। युएईको रक्षा मन्त्रालयले १२ ब्यालेस्टिक मिसाइल,

३ क्रुज मिसाइल र ४ ड्रोनलाई आफ्नो प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको बताएको छ।  यस क्रममा ३ जना घाइते भएका छन्। रक्षा मन्त्रालयले अहिलेसम्म इरानले प्रहार गरेका ५ सय ४९ ब्यालेस्टिक मिसाइल, २९ क्रुज मिसाइल र २ हजार २ सय ६० वटा ड्रोन आफ्नो प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ। 

यसक्रममा हालसम्म ३ सैनिक मारिएका छन्। यस्तै एक नेपालीसहित १० जना सर्वसाधारण व्यक्ति मारिएका छन्। साढे २ सय जना घाइते भएका छन्। उता, गएरातिको आक्रमण लगत्तै अमेरिकाले इरानी डुंगामाथि होर्मुज जलमार्गमा आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजमा तीवग्रतिका ७ वटा इरानी डुंगामाथि आक्रमण गरिएको बताए। खाडीमा अलपत्र जहाजहरुलाई बाहिर निकाल्ने क्रममा इरानी डुंगामाथि आक्रमण गरिएको अमेरिकी भनाइ छ। 

यससँगै होर्मुज जलमार्ग पुनः तनावग्रस्त बनेको छ। यस्तै इरानले खाडी मुलुकहरुमाथि पुनः आक्रमण बढाएर पश्चिम एसिया पुनः तनावमा प्रवेश गरेको सन्देश दिएको छ।

सम्बन्धित समाचार