२०८३ बैशाख १५ गते , मंगलबार

नुहाउन गएकी दमककी लीलामायाको करेन्ट लागेर मृत्यु

sajilo news
झापा
२०८३ बैशाख १५ गते , मंगलबार
नुहाउन गएकी दमककी लीलामायाको करेन्ट लागेर मृत्यु

झापाको दमकमा नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका–९ अडियामलकी ३८ वर्षीया लीलामाया धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार आज बिहान करिब ९:४५ बजे आफ्नै घरमा नुहाउनका लागि पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामै उनलाई उपचारका लागि निम्स अस्पताल दमक लगिएको थियो । उनको उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार