२०८३ बैशाख १५ गते , मंगलबार

बैंगलुरुसँग दिल्लीको लज्जास्पद हार

sajilo news
एजेन्सी
२०८३ बैशाख १५ गते , मंगलबार
बैंगलुरुसँग दिल्लीको लज्जास्पद हार

रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपीएलमा दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ। दिल्लीले दिएको ७६ रनको लक्ष्य पछाएको बैंगलुरुले ६ दशमलव ३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

यसअघि पहिला ब्याटिंग गरेको दिल्लीले १६ दशलमव ३ ओभरमा अल आउट हुदै ७५ रन मात्र बनाएको थियो। यो यस सिजनको आइपिएलको यो  सबैभन्दा कम स्कोर हो। दिल्लीका लागि अभिषेक पोरेलले ३०, डेभिड मिलरले १९ र काइल जामिएन्सनले १२ रन बनाएका थिए। 

त्यस्तै बैंगलुरुका बलर जोश हजेलवूडले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए। यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ८ खेलमा १२ अंक भएको छ भने दिल्लीको ८ खेलमा ६ अंक रहेको छ।

सम्बन्धित समाचार