२०८३ बैशाख १५ गते , मंगलबार
विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने सरकारले निर्णय
इजरायलमा युद्धमा मारिएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने सरकारले निर्णय गरेको छ। गत वैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो सार्वजनिक भएको थियो। इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।