२०८३ बैशाख २ गते , बुधबार

मोरङमा लडेर एक कामदारको मृत्यु

sajilo news
मोरङ
२०८२ चैत्र २१ गते , शनिबार
मोरङमा लडेर एक कामदारको मृत्यु

मोरङमा लडेर एक जना कामदारको शुक्रबार साँझ मृत्यु भएको छ । प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–३ स्थित हाइटेक कार्पेट प्रा.लिमा काम गर्ने मजदुर महोत्तरी घर भएका अन्दाजी ५० वर्षीय विनोद राय यादवको मृत्यु भएको हो । 

उद्योगको धारामा हात धुने क्रममा शुक्रबार दिउँसो ३:३० बजेतिर अचानक लडेर यादव बेहोस भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। 
उनलाई तत्काल उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । उपचारका क्रममा शुक्रबार साँझ ६:२० बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार