२०८३ बैशाख २ गते , बुधबार

वैदेशिक रोजगारी ठगीमा संलग्न ३४६ जनाको विवरण सार्वजनिक

sajilo news
काठमाडौं
२०८२ चैत्र २० गते , शुक्रबार
वैदेशिक रोजगारी ठगीमा संलग्न ३४६ जनाको विवरण सार्वजनिक

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्नेहरूको नाम तथा विवरण सार्वजनिक गरेको छ।

नवनियुक्त दीपक कुमार साह को निर्देशनअनुसार विभागले व्यक्तिगत रूपमा ठगीमा संलग्न व्यक्तिहरूको विवरण सार्वजनिक गरेको जनाएको छ।

विभागका अनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत १७ गतेसम्मको एक महिनाको अवधिमा ३४६ भन्दा बढी व्यक्तिहरू ठगीमा संलग्न भएको भन्दै सूचीमा समावेश गरिएको छ।

उक्त सूची विभागको अनुसन्धान तथा मुद्दा शाखामा दर्ता भएका वैदेशिक रोजगारसम्बन्धी कसूर मुद्दा तथा उजुरीका आधारमा तयार गरिएको हो। सूचीमा प्रतिवादीहरूको नाम, ठेगाना र बिगो रकमसमेत उल्लेख गरिएको छ।

 

सम्बन्धित समाचार