डोमालाल रंगशालामा शनिबारदेखि सन्थाल गोल्डकप हुँदै
बिर्तामोड । झापाको डोमालाल राजवंशी रंगशालामा भोलीदेखि सन्थाल गोल्डकप सुरु हुदैछ । सन्थाल उत्थान सेवा समाज बिर्तामोडको आयोजनामा पहिलो पटक सन्थाल गोल्डकपको आयोजना गरिएको हो ।
भारतका २ सहित झापा, मोरङका ८ वटा क्लबहरू गोल्ड कपमा सहभागी हुदैछन् । भोलीदेखि सुरु हुने सन्थाल गोल्ड कपमा पहिलो खेल बिहानी सन्थाल एफसी र हात्तीमार एफसीबीच हुदैछ । चैत १५ गते मदरगाछ एफसी र बान्चाभिटा सिर्जन क्लब खेल हुनेछ ।
यस्तै, १६ गते हल्दिवारी एफसी र जोल्पा जते सन्थाल विद्रोही क्लब पश्चिम बंगलाबीच खेल हुने छ भने १७ गते आयोजक सन्थाल जाति उत्थान सेवा समाज र मोरङ सन्थाल क्लबबिच खेल हुनेछ ।
गोल्डकपको विजेताले नगद १ लाख र उपविजेताले ६० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक टिका हस्ताले जानकारी दिए । बिर्तामोड नगरपालिका मुख्य संरक्षक रहेको गोल्डकपको भद्रपुर झापा गोल्डकप र बिर्तामोड नगरपालिका वडा नं. ६ सहप्रायोजक रहेका छन् ।