२०८३ असार ११ गते , विहीबार

झापामा आफ्नै छोरीलाई बलात्कार गरी शिशु जन्माएर मार्ने बुबा पक्राउ

sajilo news
झापा
२०८३ असार ११ गते , विहीबार
झापामा आफ्नै छोरीलाई बलात्कार गरी शिशु जन्माएर मार्ने बुबा पक्राउ

झापामा नवजात शिशुको हत्या तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले इलामबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत २०८३ वैशाख २ गते खाली जग्गामा नवजात शिशु गाडिएको अवस्थामा शव फेला परेको थियो। घटना शिवसताक्षी नगरपालिकाको हो ।

घटनाबारे अनुसन्धान गर्ने क्रममा पीडित युवतीले आफ्नै बाबुले जबरजस्ती करणी गरी बच्चा जन्मिएको र बाबुको सल्लाहमा शिशुको शव गाडिएको प्रारम्भिक बयान दिएकी थिइन्।

उक्त घटनापछि इलाका प्रहरी कार्यालय झिलझिलेले नवजात शिशु कर्तव्य ज्यान तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको थियो। तर प्रतिवादी बयानपछि फरार भएका थिए।

प्राविधिक अनुसन्धानका क्रममा प्रतिवादी इलाम जिल्लामा लुकीछिपी बसिरहेको खुलेपछि इलाम प्रहरीसँगको समन्वयमा खोजतलास तीव्र पारिएको थियो। विशेष सूचनाका आधारमा असार ३ गते इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित एक होटलबाट प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका प्रतिवादीलाई झापामा ल्याई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै घटनासँग सम्बन्धित पीडित युवतीलाई आफ्नै नेपाल कन्क्रिटभित्र (सुरक्षित स्थानमा) राखिएको र आवश्यक संरक्षणको व्यवस्था गरिएको प्रहरीको भनाइ छ।

 

सम्बन्धित समाचार