२०८२ चैत्र १५ गते , आईतबार
भद्रपुरमा ब्राउन सुगरसहित यादव पक्राउ
भद्रपुरमा करिब २० ग्राम लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो ३ बजे भद्रपुर नगरपालिका-६ गिरी चोक बस्ने शोभित यादवको घरमा भाडामा बस्दै आएका भारत ठाकुरगंज बस्ने वर्ष ३७ का बेचन यादव लागू औषधसहित पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले यादवलाई नियन्त्रणमा लिई घरमा खानतलासी गर्दा उनी बस्दै आएको घरको कम्पाउन्डमा लुकाई इँटाको चाङमुनि राखिएको प्लास्टिकसहित २१ ग्राम ८९० मिलिग्राम र प्लास्टिकबाहेक २० ग्राम ६९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । यादवलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।