२०८३ आश्विन ८ गते , विहीबार

काँग्रेस कनकाई सभापतिमा दुर्गाप्रसाद प्रसाईँ निर्वाचित

sajilo news
झापा
२०८३ आश्विन ८ गते , विहीबार
काँग्रेस कनकाई सभापतिमा दुर्गाप्रसाद प्रसाईँ निर्वाचित

नेपाली काँग्रेसको कनकाई नगर सभापतिमा दुर्गाप्रसाद प्रसाईँ निर्वाचित भएका छन् । नगर अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमति नभएपछि निर्वाचन भएको थियो । निर्वाचनमा १२६ मत ल्याई प्रसाईँ नगर सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सन्तोषकुमार रायमाझीले १०१ मत ल्याएका छन् ।

त्यस्तै उपसभापतिमा ११६ मत ल्याउँदै केशवप्रसाद शर्मा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी चन्द्र निरौलाले १११ मत पाएका छन् । महिला उपसभापतिमा १२३ मतसहित रेणुका उप्रेती विजयी हुँदा उनका प्रतिस्पर्धी टिकादेवी खरेल ९७ मतमा सीमित भएकी छन् ।

त्यस्तै सचिवमा दीपक खतिवडा १२० मत ल्याउँदै निर्वाचित भएका छन् भने सचिवकै उम्मेदवार हरिप्रसाद फुँयलले १०६ मत हासिल गरेका छन् । त्यस्तै सहसचिवमा भुवन खतिवडा १२५ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मेघनाथ आचार्यले ९६ मत ल्याएका छन् ।

त्यस्तै सदस्यतर्फ भएको निर्वाचनमा ९६ मतसहित वसन्त थपलिया निर्वाचित हुँदा ६० मत पाएका सुवास भण्डारी पराजित भएका छन् ।

सम्बन्धित समाचार