२०८३ आश्विन ८ गते , विहीबार

काँग्रेस झापा गाउँपालिका सभापतिमा पुनः गणेश निर्वाचित

sajilo news
झापा
२०८३ आश्विन ८ गते , विहीबार
काँग्रेस झापा गाउँपालिका सभापतिमा पुनः गणेश निर्वाचित

नेपाली काँग्रेस झापा गाउँपालिकाको सभापतिमा पुनः सागीरथप्रसाद गणेश निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा गणेशले १३१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी सखिचन्द्र ठाकुरले ५० मत प्राप्त गरे। निर्वाचनमा जम्मा १८२ मत खसेकोमा १ मत बदर भएको थियो।

यससँगै झापा गाउँपालिकाको सभापतिमा गणेश दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसैगरी गाउँपालिकाको उपसभापतिमा तेजप्रसाद श्रेष्ठ र मनिका खातुन, सचिवमा प्रज्वल रोशन शिवाकोटी तथा सहसचिवमा राजकुमार कोच चयन भएका छन्।

सदस्यतर्फ महिला कोटाबाट सीतादेवी खड्का, कमला कार्की र लिलाकुमारी काहार चयन भएका छन्। खुला सदस्यतर्फ कल्ठु गणेश, यासिन आलम, कृष्णप्रसाद राजवंशी, चन्द्रदेव यादव, जीतबहादुर खड्का र ज्ञानेन्द्रप्रसाद पाठक चयन भएका छन्।

त्यसैगरी ३५ वर्षमुनिको युवा कोटाबाट अनवर आलम र दलित कोटाबाट सरिता कामी सदस्यमा चयन भएका छन्। निर्वाचन सम्पन्न भएसँगै झापा गाउँपालिकामा नेपाली काँग्रेसको नयाँ कार्यसमिति चयन प्रक्रिया पूरा भएको छ।

सम्बन्धित समाचार