२०८३ बैशाख २ गते , बुधबार
घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने क्रममा घाँटीमा चोक्टा अड्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गेलका अनुसार बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा नेपालीको घाँटीमा मासुको चोक्टा अड्किँदा उनी बेहोस भएका थिए । घटनापछि आफन्तले उनलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयहरूलाई २४ घण्टाभित्र सवारी साधनको विवरण पठाउन दियो निर्देशन
झापाको कनकाई माविमा अख्तियारको छापा, प्रअ डाँगीको मिलेमतोमा रकम हिनामिना
भद्रपुरमा प्रथम फर्कियो जोवन भेट्रान्स कप सुरु, भोलि सेमिफाइनलका खेल