आजदेखि फेरि वर्षा हुँदै
काठमाडौँ । नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार) देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरी बतास तथा चट्याङ र असिना पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार थप मौसम बदली भई वर्षा गराउने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले साँझबाटै बदली बढेको र शुक्रबारबाट ठाउँठाउँमा वर्षा हुने बताए ।
बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ, नुवाकोटलगायत केही ठाउँमा वर्षा भएको र यो क्रम आज रातिदेखि केही बढ्ने बताइएको छ ।
महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार देशको हिमाली भूभागमा आंशिक बादल, पहाडी भूभागमा साधारणतया बादल लाग्ने र सबै प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।
शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने बाँकी भूभागमा आंशिक बादल लाग्ने तथा कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । यो बेलामा हुरी बतास र असिनापानी तथा चट्याङबाट जोखिन पनि विभागले सबैमा अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयहरूलाई २४ घण्टाभित्र सवारी साधनको विवरण पठाउन दियो निर्देशन
झापाको कनकाई माविमा अख्तियारको छापा, प्रअ डाँगीको मिलेमतोमा रकम हिनामिना
भद्रपुरमा प्रथम फर्कियो जोवन भेट्रान्स कप सुरु, भोलि सेमिफाइनलका खेल