२०८३ बैशाख २ गते , बुधबार

झापामा हावाहुरी र असिनाले फेरि क्षति

sajilo news
झापा
२०८२ चैत्र ११ गते , बुधबार
झापामा हावाहुरी र असिनाले फेरि क्षति

हावाहुरीले ठूलो क्षति गरेको एक साता नबित्दै झापामा हावाहुरी र असिनाले फेरि क्षति पुर्‍याएको छ । हिजो बिहान ८ बजेतिर आएको हावाहुरीले दमक ४कृष्ण मन्दिरस्थित पूर्वपश्चिम लोक मार्गको साइडमा रहेको विद्युतको ५ वटा पोल ढालेको छ । दमक ४ बस्ने ६५वर्षीय टंक कटुवालको इटाले बनेको जस्ताको छानो भएको दुई तले घरको छानोमा एउटा पोल ढलेर सामान्य क्षति पुर्‍याएको छ । उक्त पोल विद्युत प्राधिकरणसँग समन्वय गरी हटाइएको छ ।

त्यस्तै कमल २ छलफल चोकमा बिर्तामोड घर भएकी उर्मिला अग्रवालले सञ्चालन गरेको हाईजिङ प्याक्स नेपाल प्रा.ली. ( जुस फ्याक्ट्री ) मा क्षति पुर्‍याएको छ । जुस फ्याक्ट्रीमा माथिबाट लगाइएको सम्पूर्ण ट्रस र टिनहरू हावाले उडाई क्षति पुर्‍याएको हो ।

त्यस्तै हिजो साँझ ५ः३० बजे अविरल वर्षा र असिनाले प्रहरी चौकी पाठामारीमा रहेको भान्सा घरको जस्ता पाता सबै दुलो पारेर काम नलाग्ने अवस्थामा पुगेको छ । छानो पूर्णरुपमा क्षति भएपछि प्रहरीले हाललाई बरन्डामा खाना पकाउने गरेको जनाइएको छ ।

त्यस्तै अविरल वर्षासँगै परेको असिनाले भद्रपुर नगरपालिका वडा नं.३ ज्ञाने चोकका तीन जनाको घरमा क्षति पुर्‍याएको छ । उनीहरूको घरको छानोमा लगाएको टिन दुलो परेको हो । भद्रपुर ३ ज्ञाने चोक बस्ने उमेश मगरको एकतले भुइँघर, सोही ठाउँ बस्ने हेमबहादुर लिम्बूको एकतले भुइँघर र दिलबहादुर राईको एकतले भुइँघरको टिनको जस्तामा प्वाल परेको प्रहरीले जनाएको छ । अन्यत्र पनि क्षति भएको हुन सक्छ, त्यसको बारेमा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार