२०८२ चैत्र १२ गते , विहीबार

झापामा ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै वडा सदस्यका छोराद्वारा डेढ लाख ठगी

sajilo news
झापा
२०८२ चैत्र १० गते , मंगलबार
झापामा ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै वडा सदस्यका छोराद्वारा डेढ लाख ठगी

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै डेढ लाख रकम ठगी गर्ने झापा कमल गाउँपालिकाका वडा सदस्यका छोरासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कमल गाउँपालिका-६ का वडा सदस्य टंक खड्काका छोरा कमल-६ खयरबारी बस्ने वर्ष ३२ का सुमन खड्का र दमक नगरपालिका-९ जिम्दार चोक बस्ने वर्ष ३० का अरुण दनुवार रहेका छन् । उनीहरूले गत फागुन २५ गते दिउँसो १ बजे लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका कमल गाउँपालिका-६ का लक्ष्मण राजवंशीलाई छुटाइदिने भन्दै सो रकम लिएका थिए ।

कमल-६ गुवाबारीस्थित सडक खण्डबाट पक्राउ परी जिल्ला अदालत झापाबाट म्याद लिई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको अवस्थामा लक्ष्मण राजवंशीलाई हिरासतबाट निकालिदिने भनी उनीहरूले लक्ष्मणका दाजु कमल ६ मैनाखता टोल बस्ने वर्ष ३९ का रामप्रसाद राजवंशीसँग सो रकम ठगी गरेका थिए । पैसा दिएर पनि आफ्‌नो भाइ नछुटेपछि रामप्रसाद सोधपुछ गर्न इलाका प्रहरी कार्यालय दमक गएका थिए । त्यसपछि प्रहरीले आइतबार दुवैलाई पक्राउ गरेको हो ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसुर मा जिल्ला अदालत झापाबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार