२०८३ असार १ गते , सोमबार

ट्युनिसियामाथि स्वीडेनको शानदार जित, आइभोरी कोस्टले इक्वेडरलाई हरायो

sajilo news
एजेन्सी
२०८३ असार १ गते , सोमबार
ट्युनिसियामाथि स्वीडेनको शानदार जित, आइभोरी कोस्टले इक्वेडरलाई हरायो

फिफा विश्वकपमा स्वीडेनले ट्युनिसियाविरुद्ध ५–१ को शानदार जित निकालेको छ।  मेक्सिकोको मोन्टेरे स्टेडियमा भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो। 

यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन्। अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे। 

भिक्टर ग्योकेरेले मध्यभागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे।  स्वीडेनसँग दुई गोलले पछि परिरहेको ट्युनिसियाले खेलको ४३ औं मिनेटमा पहिलो गोल गर्दै खेलमा फर्कने प्रयास गरेको छ। ट्युनिसियाका लागि डिफेन्डर ओमार रेकिकले गोल गरेका हुन्। पहिलो हाफमा २–१ को अग्रता लिएको स्वीडेनले दोस्रो हाफमा तीन गोल थप्यो। 

स्विडेनले ट्युनेसियाको रक्षापंक्तिको कमजोरीमा ५९ मिनेटमा भिक्टर ग्योकेरेसले सजिलै गोल गरे। अलेक्जान्डर इसाकको पासमा उनले गोल गरेका हुन्। चौथो गोल गरेको म्याथिस स्भानबर्गको नाममा रह्यो। ८४ मिनेटमा उनले गरेको गोलले मान्यता पाएन तर भारको मद्दतले गोलको निर्णय दिइएको हो।

खेल सकिन ३० सेकेन्ड मात्रै रहेको अवस्थामा अयारीले गोल गर्दै ५–१ को जित निकाले। समूह ‘एफ’ अन्तर्गतको दोस्रो खेलमा स्वीडेन र ट्युनिसिया गरेका हुन्। फिफा वरियतामा स्वीडेन ३८ औं स्थानमा छ भने ट्युनिसिया ४५ औं स्थानमा छ।

यता जारी विश्वकपमा आइभरीकोस्टले रोमाञ्चक जित निकालेको छ। अमेरिकामा इक्वेडरविरुद्ध भएको खेलमा अन्तिम क्षणमा गोल गर्दै आइभरीकोस्ट १–० ले विजयी भएको हो। खेलको पहिलो हाफ गोलरहित बनेको थियो। दोस्रो हाफको ८९औँ मिनेसम्म कुनै टोलीले गोल गर्न सकेका थिएनन्। अमाड डियालोले ९० मिनेटमा गोल गरेपछि खेलमा आइभरीकोस्ट विजयी भएको हो। जितसँगै आइभरीकोस्टले ३ अंक प्राप्त गरेको छ। 

अमद डियालोले अन्तिम मिनेटमा गरेको गोलको मद्दतमा आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १–० ले पराजित गरेको हो। फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डियालोले ९०औं मिनेटमा गोल गरे। उनले विलफ्रेड सिंगोको पासमा गोल गरेका हुन्।

त्यसअघि पनि खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि फिनिसिङ गर्न सकेन। अन्तिम समयमको गोलले आइभरी कोस्टले समूह इ मा महत्वपूर्ण ३ अंक जोडेको छ। यसै समूहको पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। जर्मनी र आइभरी कोस्टको समान ३ अंक भएपनि गोल अन्तरमा जर्मनी अघि छ। इक्वेडर र कुरासाओ भने अंकविहिन छन्। समूह इ मा अब आइभरी कोस्टले जर्मनीसँग २० जुनमा खेल्नेछ।

सम्बन्धित समाचार