२०८३ बैशाख ३ गते , विहीबार

दमकमा कुकुरलाई चक्कुले हानेर मार्ने एक युवक पक्राउ

sajilo news
झापा
२०८२ चैत्र ३ गते , मंगलबार
दमकमा कुकुरलाई चक्कुले हानेर मार्ने एक युवक पक्राउ

झापाको दमकमा कुकुरलाई चक्कुले हानेर मार्ने एक युवक पक्राउ परेका छन् । हिजो बिहान १०ः४० बजे दमक-६ नयाँ सब्जी लाइनमा दमक-७ बस्ने राजेन्द्र खड्गीले सञ्चालन गरेको रत्न खसी मासु पसलमा काम गर्ने कामदारले चक्कुले हानेर कुकुर मारेका हुन् । पाँचथर मिक्लाजुङ ५ घर भई हाल दमक ७ मा डेरा गरी बस्ने १७ वर्षीय अमित नेम्बाङले सोही मासु पसलमा राखेको खसीको आन्द्रा कुकुरले खाइदिएको भन्दै उनले चक्कुले सो कुकुरलाई हानेर मारेका थिए ।

घटनाबारे इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त भएपछि प्रहरी नायव निरीक्षक चन्द्रकुमारी चेम्जोङसहितको प्रहरी टोली खटिएर उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फौजदारी कानुनको पशुपक्षी सम्बन्धी कसुर अनुसार कुकुरलाई मार्नेलाई कारबाही हुने व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार