२०८३ बैशाख ३ गते , विहीबार
३ करोड ठगी गरेको आरोपमा बिर्तामोडका एक युवक पक्राउ
३ करोड बराबरको रकम ठगी गरेको आरोपमा बिर्तामोडका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का २५ वर्षीय कृष्ण अग्रवाल रहेका छन् ।
अग्रवालमाथि विदेश पठाइदिने बहानामा ७० जना व्यक्तिबाट ३ करोड रकम ठगी गरेको आरोप लागेको छ । अग्रवालले ठगी गरेको भन्दै २५–३० जना पीडितहरूले उनलाई समातेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएका थिए । त्यस विषयमा अनुसन्धान तथा छानबिन भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।