२०८३ बैशाख ३ गते , विहीबार
झापा १ बाट रास्वपाकी निशा डाँगीले कति मतान्तरले जितिन् ?
झापा । झापा १ बाट रास्वपाकी निशा डाँगी निर्वाचित भएकी छन्। रास्वपाकी डाँगीले ४५ हजार ६८० मत ल्याएर निर्वाचित भएकी हुन्। उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेलाई ३५ हजार १३० मतान्तरले पराजित गर्दै दोस्रो पटक कान्छी सांसद बनेकी हुन्। कांग्रेसका पाण्डेले १० हजार ५५० मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका केबलराम राईले १० हजार ४ मत ल्याएका छन्। त्यस्तै एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले एक हजार ६१२ र नेकपाका अशेष घिमिरेले ९२२ मत प्राप्त गरेका छन्। क्षेत्र १ मा १ लाख ३१ हजार ६७ मतदाता रहेकोमा ८३ हजार ७५३ मत खसेको छ।