२०८३ बैशाख ३ गते , विहीबार

झापा ५ मा ओलीभन्दा साढे २५ हजार मतले बालेन अगाडि

sajilo news
झापा
२०८२ फाल्गुन २३ गते , शनिबार
झापा ५ मा ओलीभन्दा साढे २५ हजार मतले बालेन अगाडि

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र–५ को जारी मत गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) उम्मेदवार बालेन (बालेन्द्र) शाहले मतान्तर झन फराकिलो बनाउँदै लगेका छन् । घण्टी चुनाव चिन्हमा उम्मेदवार बालेनले अहिलेसम्म ३४ हजार ८६३  मत प्राप्त गरेका छन्।

उनका मुख्य प्रतिष्पर्धी पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत ल्याएका छन् । बालेन र ओलीबीचको मतान्तर २५ हजार ७९५ रहेको छ ।

यस्तै श्रम सँस्कृति पार्टीका समिर तामाङले ५,६४५, नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ९७४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ८६२ र राप्रपाका लक्ष्मी संग्रौलाले ७७९मत प्राप्त गरेका छन् । 

सम्बन्धित समाचार