२०८३ बैशाख ३ गते , विहीबार
काठमाडौं १ बाट रास्वपाले खाता खोल्यो, रञ्जु दर्शना भारी मतान्तरले विजयी
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले विजयीको खाता खोलेको छ। सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनी भारी मतान्तरले विजयी भएकी हुन् ।
उनले १४ हजार ४ सय ९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ७ मत पाए। दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ।