२०८३ बैशाख ३ गते , विहीबार

रवि लामिछानेले मंगलबार झापाका पाँच स्थानमा सम्बोधन गर्ने

sajilo news
झापा
२०८२ फाल्गुन ११ गते , सोमबार
रवि लामिछानेले मंगलबार झापाका पाँच स्थानमा सम्बोधन गर्ने

चुनावी प्रचारप्रसारको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार झापा आउने भएका छन् । झापा आएर रास्वपा सभापति लामिछाने  पाँच ठाउँमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले झापाको भद्रपुर, मेचीनगर, बिर्तामोड, कनकाई र दमकमा सम्बोधन गर्ने कार्य तालिका रहेको निर्वाचन परिचालन सचिवालय झापाले जनाएको छ ।

झापाको कार्यक्रम सकेर उनी मंगलबार नै इटहरी जाने छन् । झापाका ५ वटा निर्वाचन क्षेत्रमा रास्वपाले आफ्ना उम्मेदवार उठाएको छ । झापा १ मा निशा डाँगी , झापा २ मा इन्दिरा राना मगर , झापा ३ मा प्रकाश पाठक , झापा ४ मा शम्भु सुस्केरा र झापा ५ मा बालेन्द्र शाह (बालेन) चुनावी मैदानमा रहेका छन ।

सम्बन्धित समाचार