२०८३ बैशाख ३ गते , विहीबार
बजारमा रु ५०० को नेपाली नक्कली नोट, एकजना पक्राउ
सुनसरीको इनरुवामा नेपाली नक्कली नोटसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली नोटसहित इनरुवा नगरपालिका-१० का २५ वर्षीय आजाद मिया पक्राउ परेका हुन् । मिया इनरुवा-५ स्थित सब्जी बजारमा किनमेल गर्दा रु ५०० को नक्कली नोट दिएका थिए । व्यापारीले नोटमाथि शङ्का लागेर प्रहरी बोलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पैसा दिने मियालाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा ५०० दरको ८ थान नक्कली नेपाली रुपैयाँको नोट बरामद गरेको थियो । पक्राउ परेका उनी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।