२०८२ फाल्गुन २८ गते , विहीबार

सब इन्जिनियरको गोली हानी हत्या

sajilo news
झापा
२०८२ फाल्गुन ३ गते , आईतबार
सब इन्जिनियरको गोली हानी हत्या

सर्लाही सदरमुकाम मलङ्गवामा पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर प्रमोद कुमार यादवलाई गोली हानी हत्या गरिएको छ।

मलङ्गवा-१० स्थित भाडाको घरमा बस्दै आएका यादवलाई मोटरसाइकलमा आएका अपरिचित हतियारधारी व्यक्तिले गोली हानी हत्या गरेको हो। राति करिब ८ बजे यादवमाथि गोली प्रहार गरिएको हो। गोली यादवको बायाँ छातीमा लागेको छ। कोठामा बसिरहेको अवस्थामा हतियारधारी व्यक्तिले फोन गरी कम्पाउण्ड बाहिर बोलाएर गोली हानेको प्रहरीले जानकारी दिएको छ।

गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। यादव सिरहा जिल्लाका सुखिपुर नगरपालिकाबासी हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार