२०८२ फाल्गुन २८ गते , विहीबार
चुनाव प्रचारप्रसारका लागि ओली र बालेन झापा आइपुगे
करिब एक साताअघि एकसाथ घरदैलो गरेका एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह आज झापा आइपुगेका छन् । ओली र बालेन भोलिदेखि सुरु हुन चुनाव प्रचारप्रसारका लागि झापा आइपुगेका हुन् । दुवै जना झापा ५ मा रहेको बुझिएको छ ।
पूर्वप्रधानमन्त्री ओली बिहान यति एयरलाइन्सको विमानद्वारा काठमाडौँबाट झापाको भद्रपुर विमानस्थल हुँदै दमक पुगेका थिए । त्यस्तै बालेन शाह आज दिउँसो भद्रपुर विमानस्थल ओर्लिएर दमक प्रस्थान गरेका छन् ।
एक सातासम्म घरदैलो सकेर ओली केही दिनअघि काठमाडौँ फर्किएका थिए भने बालेन करिब तीन दिन झापा ५ मा घरदैलो गरेर देशव्यापी दौडाहामा गएका थिए । एक अर्काका खरो प्रतिस्पर्धी रहेका दुवै जनाले एकसाथ घरदैलो गर्दा जिल्लामा सुरक्षा चुनौती थपिने गरेको छ ।