२०८३ बैशाख ३ गते , विहीबार

दिदीबहिनीबीच कपाल लुछालुछ हुँदा बहिनीको मृत्यु

sajilo news
इलाम
२०८२ फाल्गुन २ गते , शनिबार
दिदीबहिनीबीच कपाल लुछालुछ हुँदा बहिनीको मृत्यु

इलाममा दिदीबहिनीबीच कपाल लुछालुछ हुँदा एक महिलाको मृत्यु भएको छ । हिजो दिउँसो २ः५५ बजे इलाम फाकफोकथुम गाउँपालिका-१ ठिङगेपुर बस्ने खम्बसिंह लिम्बूकी छोरी वर्ष २९ की अन्जली लिम्बू र उनका काका सोही ठाउँ बस्ने खेमबहादुर लिम्बुकी छोरी वर्ष ३७ की पुष्पा लिम्बूबिच घरायसी विवादका कारण झगडा भएको थियो । त्यस क्रममा कपाल लुछालुछ हुँदा अन्जलीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मङ्गलवारे इलामबाट शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल इलाम हुँदै आज दिउँसो १२ः२५ बजे एम्बुलेन्सद्वारा वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

झगडामा संलग्न पुष्पा लिम्बूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मंगलबारेमा ल्याई राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार