बिर्तामोडमा गाईसँग अप्राकृतिक यौन क्रिया गर्ने भारतीय नागरिक पक्राउ
झापाको बिर्तामोडमा गाईसँग अप्राकृतिक यौन क्रिया गरिरहेको अवस्थामा एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन १ गते दिउँसो करिब २ः३० बजे बिर्तामोड नगरपालिका–२ चैतुबारीमा बस्ने कुशलाल राजवंशीको गाई सोही स्थानका रञ्जित राजवंशीको खाली खेतमा चर्दै गरेको अवस्थामा एक व्यक्ति गाईसँग करणी गर्दै गरेको देखिएको थियो। स्थानीयवासीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।
सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक विनोद श्रेष्ठको कमान्डमा टोली खटिएको थियो। घटनास्थल सुरक्षित राखी संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत, पश्चिम बङ्गाल, अलीपुरद्वार घर भई हाल बिर्तामोड–२ चैतुबारीस्थित कनकाई प्लाइ फ्याक्ट्रीमा कार्यरत अन्दाजी ३८ वर्षीय विपुल रोय रहेका छन्। रोयलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई इलाका प्रहरी कार्यालय अनारमणिमा राखिएको प्रहरीले जनाएको छ ।