२०८३ बैशाख २ गते , बुधबार
झापाको ओमकार कङ्क्रिट उद्योगमा करेन्ट लागेर एक कामदारको मृत्यु
झापाको ओमकार रेडिमेन्स कङ्क्रिट उद्योगमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-४ निवासी २८ वर्षीय राजीव राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गएराति ११ बजे बिर्तामोड २ चारपानेस्थित लालमाटीमा रहेको कङ्क्रिट उद्योगमा हेल्परको काम गर्ने राजवंशी मिक्स्चर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टि हान्दा करेन्ट लागेको थियो ।
घाइते उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोलीले घटनाको बारेमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ ।