२०८३ बैशाख १५ गते , मंगलबार

दमकमा प्रहरीको सरप्राइज चेकिङ, दर्जनौँ मोडिफाइड मोटरसाइकल कारबाहीमा

sajilo news
झापा
२०८२ पौष ९ गते , बुधबार
दमकमा प्रहरीको सरप्राइज चेकिङ, दर्जनौँ मोडिफाइड मोटरसाइकल कारबाहीमा

इलाका प्रहरी कार्यालय दमकले स्वीप अपरेसनसँगै विगत १० दिनदेखि सरप्राइज चेकिङ सञ्चालन गरिरहेको छ । ट्राफिक प्रहरीसँगको त्यस संयुक्त चेकिङबाट धेरै मोडिफाइड मोटरसाइकल कारबाहीमा परिसकेका छन् ।

मोडिफाइड मोटरसाइकलसँगै ट्राफिक नियम उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कारबाहीमा परेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले बताए । मोडिफाई मोटरसाइकलहरू ध्वनि प्रदूषण गर्दै राति कुदाउने गरेका कारण दमक प्रहरीले रातको समयमा नै सरप्राइज चेकिङ गर्ने गरेको छ ।

गएराति १०.३० बजे दमक ५गोर्खा डिपार्टमेन्ट अगाडी ट्राफिक नियम उल्लंघन गर्ने बा८२ प ५७४नम्बरको मोडिफाइड गरेको बुलेट मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसको अघिल्लो राति ९ वटा मोटरसाइकल कारबाहीमा परेका थिए । प्र १–०१–०१५ प ६७२८ नम्बरको इभी स्कुटर कागजपत्र नभएको,को ४० प २२९४ नम्बरको बुलेट मोटरसाइकल मोडिफाइड,मे ५ प ७३२७ नम्बरको सुपर स्प्लेण्डर ३ जना सवार ,प्र१–०२–०५६ प ३९७१ नम्बरको बुलेट मोटरसाइकल मोडिफाइड, प्र२–०२–०२३ प ०७०८ नम्बरको बुलेट मोटरसाइकल लुकिङ ग्लास नभएको , मे ७ प २४१९ नम्बरको एभेन्जर मोटरसाइकल मोडिफाइड , मे १० प ९३२३ , मे ८ प २६६७ नम्बरको स्कुटर कागजपत्र नभएको र को ३८ प ८२५५ नम्बरको क्रस फायर मोटरसाइकल मोडिफाइड गरिएको फेला परेको प्रहरीले जनाएको छ ।
सोही राति गरिएको स्वीप अपरेसनमा दमक नगरपालिकाको विभिन्न स्थानबाट शङ्कास्पद अवस्थामा हिँडडुल गर्ने, अनैतिक क्रियाकलापमा संलग्न हुन सक्ने, लागूऔषधमा संलग्न हुन सक्ने आशङ्कामा ६ जनालाई नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित समाचार