२०८३ बैशाख १५ गते , मंगलबार

भद्रपुर विमानस्थलमा अवतरण हुन नसकेको विमान काठमाडौं फर्कियो

sajilo news
झापा
२०८२ पौष ८ गते , मंगलबार
भद्रपुर विमानस्थलमा अवतरण हुन नसकेको विमान काठमाडौं फर्कियो

खराब मौसमका कारण भद्रपुरमा बुद्ध एयरको विमान अवतरण गर्न नसकी पुनः काठमाडौँ फर्किएको छ । आज साँझ ७ः२० बजे काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको बीएचए–९०१ विमान भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा अवतरण गर्न नसकेको हो ।

खराब मौसमका कारण भद्रपुरमा सो विमान अवतरण गर्न नसकी राति ८ः०५ बजे फर्किएको विमानस्थल स्रोतले जनाएको छ । बाक्लो हुस्सुका कारण आज दिउँसो १२ बजे पछि मात्र विमानस्थल सुचारु भई उडान भएको थियो । हिजो पनि साँझ खराब मौसमका कारण बुद्ध एयरको जहाज अवतरण हुन सकेको थिएन । 

सम्बन्धित समाचार