२०८३ बैशाख १५ गते , मंगलबार

झाँडीमा कष्टपूर्ण अवस्थामा भेटिएका युवकको उद्धार

sajilo news
झापा
२०८२ पौष ८ गते , मंगलबार
झाँडीमा कष्टपूर्ण अवस्थामा भेटिएका युवकको उद्धार

महिनौँदेखि झाँडीमा कष्टपूर्ण अवस्थामा जीवन बिताइरहेका एक जना पुरुषलाई आइतबार मानव सेवा आश्रमको टोलीले उद्धार गरेको छ। मानसिक रोगले ग्रस्त अवस्थामा रहेका ती पुरुषलाई काठमाडौँ महानगरपालिका–६, बौद्ध रामहिटी क्षेत्रबाट उद्धार गरिएको हो।

स्थानीयवासीले उद्धारका लागि जानकारी गराएपछि मानव सेवा आश्रमको उद्धार टोली घटनास्थलमा पुगेको थियो। उद्धार गरिएका २० वर्षीय युवकले आफ्नो नाम दोर्जे योञ्जन बताएका छन्। मानसिक रोगका कारण उनी विक्षिप्त अवस्थामा रहेको आश्रमले जनाएको छ।

उनले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा घर भएपनि घरमा कोही नभएकाले बेवारिसे अवस्थामा पुगेको बताएका छन्। उद्धारपछि मानव सेवा आश्रमले उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी सुरक्षित आश्रय प्रदान गरेको छ।

मानव सेवा आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने, असहाय तथा अभिभावकविहीन व्यक्तिहरूको उद्धार, जीवन रक्षा र पुनर्स्थापनाका लागि २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट सेवा शुभारम्भ गरेको हो।

सम्बन्धित समाचार