२०८३ बैशाख १५ गते , मंगलबार

झापामा भीरबाट लडेर एक वृद्धको मृत्यु

sajilo news
झापा
२०८२ पौष ७ गते , सोमबार
झापामा भीरबाट लडेर एक वृद्धको मृत्यु

झापाको अर्जुनधारामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । आइतबार साँझदेखि बेपत्ता रहेका अर्जुनधारा नगरपालिका–२ लाप्चेटार बस्ने ६५ वर्षीय यमबहादुर लाय मगरको शान्ति सामुदायिक वनभित्र पर्ने अन्दाजी ६० फिट अग्लो भीरबाट लडेर मृत्यु भएको हो । आफ्नै पुरानो घर जान्छु भनी हिँडेकोमा घर फर्की नआएपछि खोजतलास गर्ने क्रममा भीरबाट लडेर आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार