२०८३ बैशाख १५ गते , मंगलबार

इन्टरनेटको तारमा अल्झिएर दुर्घटनामा परेका स्कुटर चालकको मृत्यु

sajilo news
झापा
२०८२ पौष ७ गते , सोमबार
इन्टरनेटको तारमा अल्झिएर दुर्घटनामा परेका स्कुटर चालकको मृत्यु

इन्टरनेटको तारमा अल्झिएर स्कुटर दुर्घटनामा परेका झापा गाउँपालिकाका ५५ वर्षीय सहरमान कट्वालको मृत्यु भएको छ ।

गएराति १२:४० बजे झापा गाउँपालिका-६ शरणामतीस्थित आफ्‌नै घरमा उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् । गत भदौ १९ गते दिउँसो १ ३० बजे झापा गाउँपालिका ३ स्थित कामाटोली बजार उनी चढेको प्र १–०१–०१७ प ८६२४ नम्बरको स्कुटर अव्यवस्थित इन्टरनेटको तारमा अल्झिएर दुर्घटना भएको थियो । बिजुलीको पोलबाट सडक पार गर्दै लगिएको इन्टरनेटको तार ट्रकमा अल्झिएर सडकमा छरपस्ट रहेको थियो ।

उनी शरणामतीबाट झापा बजारतर्फ जाँदै थिए । घाइते कट्वाललाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । टाउको र मुखमा चोट लागेर गम्भीर घाइते भएका कट्वाललाई बीएण्डसीबाट केएमसी अस्पताल काठमाडौँ समेत लगिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई घर ल्याइएको थियो । घरमै उनको निधन भएको हो ।

सम्बन्धित समाचार