२०८३ बैशाख १५ गते , मंगलबार

बिर्तामोडमा मोटरसाइकल दुर्घटना, भद्रपुरका अधिकारीसहित दुई जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०८२ पौष ५ गते , शनिबार
बिर्तामोडमा मोटरसाइकल दुर्घटना, भद्रपुरका अधिकारीसहित दुई जनाको मृत्यु

झापा । झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-५ निवासी २५ वर्षीय भूपाल अधिकारी र तत्काल नाम थर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज साँझ साढे ५ बजेको समयमा पूर्व-पश्चिम राजमार्गको बिर्तामोड-६ गिरीबन्धु टी स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । निर्माणाधिन राजमार्गमा डाइभर्सन कारण मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 
दुर्घटनामा परी मोटरसाइकलमा सवार गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारको लागी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा ६ बजेर १५ बजे दुवै जनालाई  मृत घोषणा गरेको थियो । यता दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार