२०८३ बैशाख १५ गते , मंगलबार
भद्रपुरमा सोमबार स्थानीय बिदा
भद्रपुर नगरपालिकाले पुस ७ गते सोमबार स्थानीय बिदा दिएका छन् । भद्रपुर नगरपालिकाको सातौँ नगर सभाबाट प्रत्येक वर्ष पुस ७ गतेका दिन बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस मनाउने र उक्त दिन स्थानीय बिदा समेत दिने निर्णय बमोजिम सोमबारका दिन पाँचौँ बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा भद्रपुर नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।
उक्त दिन अत्यावश्यक सेवा बाहेक भद्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा समितिको कार्यालयहरू तथा यस नगरपालिका अन्तर्गतका निकायहरूमा बन्द रहने छ ।
साथै दिवसको अवसरमा भद्रपुर नगरपालिका अन्तर्गतका विद्यालयहरूले सञ्चालन गर्ने गरी तय गरिएका कार्यक्रमहरू यथावत् रुपमा सञ्चालन गर्न/गराउन हुन समेत नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
