२०८३ बैशाख १९ गते , शनिबार

रिहा भए रवि लामिछाने

sajilo news
झापा
२०८२ पौष ४ गते , शुक्रबार
रिहा भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा भएका छन्। केहीवेर अघि रुपन्देही अदालतमा उपस्थित भएका लामिछाने अदालती प्रक्रिया पूरा गरी भर्खरै रिहा भएका हुन्।

उच्च अदालत बुटवल इजलासले बिहीवार धरौटीमा छाड्न आदेश दिएपछि आवश्यक प्रक्रिया पूरा गर्न उनी आज चितवन हुँदै रुपन्देही अदालतमा उपस्थित भएका थिए।  उनकै माग अनुसार २ करोड ७४ लाख ८४ हजार धरौटीमा छाड्न आदेश भएको थियो।

सम्बन्धित समाचार