२०८३ बैशाख २३ गते , बुधबार
नेपाली दुई बालिका भारतको रेल्वे स्टेशनमा फेला
वीरगञ्जको घडिअर्वाबाट दुई दिनदेखि हराइरहेका दुई बालिका भारतको बिहार राज्यस्थित छपरा रेल्वे स्टेशनमा फेला परेका छन्। परिवारजनका अनुसार सम्पर्कविहीन भएका नाव्या सहनी र आर्या गुप्ता भारत पुगेको जानकारी प्राप्त भएपछि खोजी कार्य तीव्र बनाइएको थियो।
पर्सा निर्वाचन क्षेत्र नं. २ का सांसद सुशील कानुले भारतीय प्रहरीसँग समन्वय गरेपछि छपरा रेल्वे स्टेशनमा दुवै बालिकालाई सुरक्षित अवस्थामा फेला पारिएको हो। भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखी आवश्यक प्रक्रिया पूरा गरेको थियो।सांसद कानुका अनुसार घडिअर्वाका युवा नेता लखन गुप्ता र आर्याका काका लालबाबु कानुलाई जिम्मा लगाएर बालिकाहरूलाई सुरक्षित रूपमा घर पठाइएको छ।