गैरकानुनी सेयर खरिद बिक्रीमा गोल्यान ग्रुप
काठमाडौं । गोल्याण ग्रुप अन्तरगतको सिटी होटल लिमिटेडका सञ्चालकले कानुनविपरीत बिक्री गरेको सेयरसम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) मा पुगेपछि यो प्रकरणले थप गम्भीर मोड लिएको छ ।सिटी होटल लिमिटेडको स्वामित्वमा काठमाडौंको सोल्टीमोडमा पाँचतारे होटल हायात सेन्ट्रिक सञ्चालनमा छ ।
गोल्यान ग्रुपका शक्ति कुमार गोल्यान, अक्षय गोल्यान, सुरभी गोल्यान र कमलेश कुमार अग्रवाल संचालक रहेको सिटी होटल लिमिटेडको शेयर निष्काशन र बिक्रीमा सरकारकै एउटा निकायले गम्भीर लापरवाही देखाइदिएको छ ।
सिडिएस एण्ड क्लियरिङ हाउसले नेपाल प्हरकिो केन्द्रीय अनुसनधान व्यूरोलाई उपलव्ध गराएको सेयर विवादसम्वन्धि विवरणले संचालकका तर्फबाट गम्भीर आथिृक अपराध गरेको खुलेको हो । गम्भीर वित्तीय संकट, कमजोर व्यवस्थापन र सेयर प्रणालीमा देखिएको विवादास्पद त्रुटिका कारण यो पुँजीबजारकै सबैभन्दा संवेदनशील प्रकरणमध्ये एक बनेको छ ।
कम्पनीले आईपीओ निष्कासनका क्रममा देखाएको ‘घाटाबाट नाफातर्फ जाने’ विवरण र अहिलेको वास्तविक वित्तीय अवस्थाबीचको ठूलो अन्तरले यसको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । त्यसमाथि सेयर संरचनामा देखिएको आइजिनसम्बन्धी विवाद र त्यस’bout भएको पत्राचारले यो विषय अहिले सीआईबीको अनुसन्धानसम्म पुगेको छ ।
कम्पनीले आºनो विवरणमा प्रस्तुत गरेको प्रक्षेपणअनुसार केही वर्षभित्रै नाफामा जाने स्पष्ट संकेत दिएको थियो । तर वास्तविक तथ्यांकले त्यसलाई पूर्णरूपमा उल्टो प्रमाणित गरेको छ ।
आर्थिक वर्ष २०७९–८० मा अनुमान गरिएको भन्दा तीन गुणा बढी घाटा देखिएको थियो भने २०८०–८१ मा नाफा हुने दाबी गरिए पनि २० करोडभन्दा बढी घाटा भएको थियो । २०८१–८२ मा पनि नाफा हुने अपेक्षा देखाइए पनि कम्पनीले झन्डै १९ करोड घाटा बेहोरेको थियो । यस्तो अन्तरले व्यवस्थापनको प्रक्षेपण क्षमतामाथि मात्र होइन, लगानीकर्तालाई दिइएको सूचनाको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ ।
प्रतिसेयर आम्दानी (ईपीएस) को अवस्था झन् चिन्ताजनक छ । कम्पनीले भविष्यमा सकारात्मक आम्दानी हुने दाबी गरे पनि हालको विवरणअनुसार ईपीएस ऋणात्मक (–८ दशमलव ४४) छ । यसको अर्थ लगानीकर्ताले लगानी गरेको रकमबाट प्रतिफल होइन, उल्टै घाटा बेहोर्नुपरेको अवस्था छ । कमजोर वित्तीय आधार, निरन्तर घाटा र कम नेटवर्थ हुँदाहुँदै पनि कम्पनीको सेयर मूल्य भने अस्वाभाविक रूपमा उकालो लागेको छ, जसले बजारमा कृत्रिम माग वा चलखेल भएको आशंका बलियो बनाएको छ ।
यसैबीच, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले कम्पनीको सेयर संरचनामा गम्भीर त्रुटि देखिएको भन्दै सीआईबीलाई पत्राचार गरेको छ । मुख्य विवाद संस्थापक र सर्वसाधारण सेयरलाई एउटै आइजिन नम्बरमा मिसाइएको विषयमा केन्द्रित छ । नियमतः यी दुई समूहका सेयर छुट्टाछुट्टै पहिचानमा रहनुपर्ने हुन्छ । तर एउटै आइजिन प्रयोग गर्दा प्रणालीमा दुवै सेयर एउटै रूपमा देखिन थाले, जसले लगानीकर्तामा भ्रम सिर्जना ग¥यो ।
यसको प्रत्यक्ष असर बजार मूल्यमा देखिएको छ । सामान्य अवस्थामा संस्थापक सेयरको मूल्य बुक भ्यालु वा पार भ्यालु आसपास रहने भए पनि यहाँ ती सेयर २ सय ५१ रुपैयाँदेखि ४ सय ६९ रुपैयाँसम्ममा कारोबार भएको देखिन्छ । लगानीकर्ताले ‘सस्तोमा सेयर पाइयो’ भन्ने सोचेर खरिद गरे पनि वास्तविकता भने फरक थियो । ती सेयर तत्काल कारोबार गर्न नमिल्ने, लकइनमा रहेका संस्थापक सेयर थिए । यसले गर्दा सर्वसाधारण लगानीकर्ता प्रत्यक्ष रूपमा जोखिममा परेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।